Monday, December 01, 2014

लघुकथा -खोक्रो आडम्बर


अहो ! छि छि! यस्तो पनि हुन्छ बाथरुम ? पानीको पाइप पनि छैन,टिसु पेपर पनि छैन,कसरी हातनै प्रयोग गर्न सकेका होलान? फेरि हातैले खान्छन,न काँटा न चम्चा ।यो फेनले पनि हल्ला मात्र गर्छ अहो! कस्तो गर्मी भएको अफ अफ हात टक्टकाउदै छातिमा मुखले फु फु गरे । उसले गुनासो गर्यो । धमास दियो बिदेश बसाइको एसिको,एटेज बाथरुमको । चिल्ला बाटा,सरर गुड्ने गाडीको । यो देश छि छि! लाग्छ कहिले पाइला नटेकु खोक्रो रवाफ ओकल्यो ।दुई महिनाको बिदा कसरी बिताउनु चिन्ताको रेखा देखियो निधारमा ।उसको भनाइले लाग्दै थियो उ नेपाल कहिले आएको थिएन दुई महिना होलिडे मनाउन आएको छ पहिलो पटक ।

लघुकथा - " गुणस्तर"


हिलापूर देखि हल्लेरी सम्मको १८ कि मी सडक कालो पत्रे गर्न बजेट पास भयो। यो हल्लाले हुनेखाने जति खुशी भए हुदा खानेहरु त्यति खुशी हुन सकेनन् । सडक बन्ने भएपछी त्यो क्षेत्रको जग्गाको भाउ सुन बराबर पुग्यो।हुदा खानेले त्यो क्षेत्रमा जग्गा किन्न के किन्ने सोच्न सम्म नसक्ने भए ।बाटोको टेन्डर पर्यो पश्चिम नेपालको यु एण्ड मि कम्पनीलाई । स्थानीयको अर्को आशा केही दिन रोजगार पाइएला भन्ने आशा पनि टुट्यो ।पश्चिमका इन्जिनियर,कामदार,मेसिन,ठेकेदार आए । खोलाको बगरमा टेन्ट लगाएर काम गुरु गरे ।

Sunday, October 26, 2014

संस्मरण-तिहारले रुवाउदा!

                         हामी दुई भाइ,दाजु अनि म हाम्रो दिदी बहिनी त्यो बेला सम्म थिएनन्।दिदी बहिनी नभएको हुनाले मलाइ अरूको दिदी बहिनी देख्दा पनि आफ्नै जस्तो लाग्ने।जब जब तिहार नजिकिदै गर्छ मलाइ झन् झन् यो दुखेसेले पेल्ने गर्छ,बिपनामै ऐठन गर्छ।आखिर किन हाम्रो दिदी बैनी नभएको।यो कुरा मैले बालाई सोध्ने आँट गरिन त्यो बेला,आज सोच्दा लाग्छ ठिकै गरेछु।गाउँ घरमा तिहारको रमाइलो सुरु भैसकेको थियो,तर मलाइ तिहारको रौनकले छोएको थिएन,सबै देउसी खेल्ने पैसा भेला गर्ने योजना बुन्दै थिए,तर म भने अझै भगवानलाइ किन दिदी,बहिनी नदिएको प्रश्न गरेर दिन बिताउदै थिएँ।यो तिहार म जस्ता दिदी बहिनी नहुनेलाइ रुवाउननै आएको हो भन्ने लाग्न थालेको थियो।
                       त्यो  उमेरमा तिहार भनेको डाइस खेल्ने,पटका पड्काउने,अनि देउसी खेलेर पैसा जम्मा गर्ने भन्ने न थियो।उमेरले गराएको होला त्यो सब,सबैलाई।मेरो दाजु पनि खुशिनै थियो,तर म भन्ने अलग जन्तु परेछु सधैँ तनाव,सधैँ चिन्ता।कस्तो दैवको खेलपनि न ठुलोबाबाको छोरी थिए,म मेरो बाबाको। काकाहरूको भने विवाहनै भएको थिएन।ठुलोबाबाको पनि दुई भाइ तिग्रेमात्र हामी पनि।ठूलोबाबाको एक जना छोरी हुनुहुन्थियो रे,हामी भाइहरुलाई धेरै माया पनि गर्ने रे तर खोइ औलो हो कि के रोगले उहाँलाई टिपेर लग्यो रे,यो घटना सुनेर त झन् मेरो मन यो भगवान् देखि उठयो,भगवाननै छैन भन्ने भएको थियो।त्यसैले मैले त्यो समयमा मन्दिर कहिले धाइन,मेरै उमेरका साथीहरू आमा दिदी सँग मन्दिर जान्थे तर मलाइ त्यो रहर पलाएन,आखिर हुँदै नभएको देवतालाई किन पूजा गर्ने होला?त्यस माथि लक्ष्मी प्रसादको कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता अंकल(छिमेकी)ले पढेको सुने मलाई आगोमा घ्यु भयो।सबै तिहारमा लक्ष्मी पूज्ने म भने बाहिर खुल्ला आकाशमा त्यो कालो रात हेरेर बस्थे।आज आएर हेर्दा म पूरा नास्तिकनै पो रैछु कि जस्तो लाग्छ।

Friday, October 17, 2014

तमोरमा बग्ने पानी फरक छ?


के मेरो बाजेको टुप्पि
हनुमानको पुच्छर हो
यसले तिम्रो लंका जलाउछ?
खोइन भने
मेरो अस्तित्व
त्यो टुप्पिको
किन जरै उखेल्ल खोज्दैछौ?

जात गएन तर पनि त्यो दशै राम्रो भएन

कुनै कुरा यस्ता हुन्छन ती कुराहरु मनको फोल्डरबाट जतिनै डिलिट गर्न खोजेपनी डिलिट गर्न सकिदो रैनछ, ती घटनाले यसरी डेरा जमाउछन कि भुल्न किठिन हुदो रैछ यस्तै एक घटना आज सम्म मेरो दिमागमा नाँचिरहेछ । झन दशैको चहल पहल बढ्यो कि झन बेगमा त्यो घटना बग्न थाल्छ मन रुपि पहराबाट ।कुरो धेरै पहिलेको हो,सायद म १०/१२ सालको हुदोहु,मावल बसेर पढ्नेहुनाले जीवनरुपि रथ बीना रोक ठोक चल्दैथियो । हजुरबुवा ,हजुरआमा ,मामा,माइजू,सानिमा सबैको प्यारो म । खुशिको सम्सर्गमा जीवन कति चाडो चिप्लिदो रैछ त्यो अहिले बुझ्दैछु। यो मनले आज पनि भन्छ,फेरि बच्चा हुन पाएँ,ती आन्मिय मनको मायाको घुम्टो ओड्न पाए,तर ती सबै मित्था सपना र कोरा कल्पना मात्र हुन्छन। अतीत एउटा चलचित्र बाहेक केही होइन,आँखाको पर्दामा बिम्बित हुन्छन दिमागको प्रोजेक्टरले बिना स्क्याच,बिना अवरोध ।

आस्विन/कात्तिकको महिना थियो,सारा वातावरण खुल्ला,चाडपर्वको वहारले साना ठुला सबैको मन पुलकित थियो।खुशी लिएर आउदै थियो हिन्दुहरुको महान चाड दशै हामी नेपालिको जीवनमा ।चाडको चटारोले घ्याप्पै छोपिसकेको थियो ठूलालाइ। बजार जानेहरुको बाटोको लर्कोले यहि संकेत गर्थियो।दर्जी साइला मामाको भ्याइ नभाइले मैले नयाँ लुगा अझै पाएको थिइन,दिन दिन धाउथे तर भान्जे भोलि ल आज तयारी छैन भन्थे साइला मामा,कता कता रीस उठ्यो,तर पनि रिसाएर हुनेवाला केही थिएन। सधैँ सधैँ धाउने मेरो दैनिकि भएको थियो ।एक दिन फेरि म पुगे साइला दर्जी मामाको घरमा नयाँ लुगा हेर्ने धोकोले।मेरो प्यान्ट त तयार रैछ तर कमिज तयार थिएन,पेन्ट देखेर यो भुरा मन पुल्पुलियो।मामाकोमा चिया खाने बेला भएको थियो,माइजूले चिया मामालाइ दिनुभयो,तर मलाइ दिनुभएन।कसरी देखाइ देखाइ खान सकेका होलान म सोच मग्न भए, भान्जा चिया पिउने हो?दर्जी मामाको प्रस्नले म तन्द्रा भंग भयो । खाने नि किन नखाने मैले भने । दर्जी मामाले माइजूलाइ आदेश दिए,भान्जेलाइ चिया दे,भित्रबाट माइजू बोलिन-" नाइ नाइ भान्जे हामिले छोएको खानु हुन्न,जात जान्छ।" तर मैले मानिन ,मलाइ जात कसरी  जादो रैछ हेर्नू थियो । दर्जिनी माइजूले "अरुले देखे भने हामिलाइनै नराम्रो देख्छन बच्चालाइ फकाएर चिया पिलाएको आरोप लाग्छ होस बाबुराजा ज्ञानी हुनुस जिद्दी नगर्नुस " भनिन । तर मैले मानिन नुन हालेकै भए पनि मलाइ त्यो दिनको चियाको लोभ कति थियो,खोइ किन किन ? अन्त्यमा माइजूको जोड केही चलेन मेरो जिद्दिको सामु ।